Hong Kong Red Cross - HKRC स्थानीय प्रकोप राहत सेवा

closeclose

HKRC स्थानीय प्रकोप राहत सेवा


हाम्रो बारे

Hong Kong Red Cross (HKRC) को HKRC स्थानीय प्रकोप राहत सेवा (Local Disaster Service (LDR)) 1951 मा स्थापित भएको हो । हामी जलवायु, शहरी वा सार्वजनिक स्वास्थ्य प्रकोप वा आपतकालिन जस्ता प्रकोप र संकटहरूबाट प्रभावित पिडित मानिसहरूलाई उपयुक्त मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौं । राहत बाहेक, हामी विपदभन्दा अगावै वा पछिको अत्यावश्यक आवश्यकताहरू पूरा गर्न प्रकोप पूर्व चेतावनी प्रारम्भिक कार्यहरू र प्रकोप पछिको प्रारम्भिक पुनर्स्थापना सम्बन्धी सेवाहरू पनि प्रदान गर्दछौं ।

 

आपतकालीन र नियमित सेवा - राहत सामग्रीहरुका लागि आवेदन

सरकारी विभाग वा गैर-सरकारी संस्थाहरूद्वारा रेफरलमा समाज कल्याण विभागलाई स्थानीय प्रकोप वा आपतकालिनबाट प्रभावित मानिसहरूका लागि 24-घण्टे आपतकालीन सेवाहरू र राहत सामग्री उपलब्ध गराउने हङकङमा हाल हामी एक मात्र संस्था हौं । हाम्रो नियमित सेवाका राहत सामग्रीहरूमा कपडा, कम्बल र दैनिक आवश्यकताहरू समावेश छन् ।

सहयोग चाहिने व्यक्तिहरूले समाज कल्याण विभाग, अस्पतालहरूमा चिकित्सा सामाजिक सेवाहरू, सुधार सेवा विभाग वा गैर-सरकारी संस्थाहरूमा अन्य सामाजिक सेवाहरू जस्ता निकायहरू मार्फत आवेदन दिन सक्छन् ।

 

प्रकोप प्रतिक्रिया

हाम्रो नियमित सेवा बाहेक, हामी प्रकोप वा आपतकालीन घटनाहरूमा मानवीय आवश्यकता मूल्याङ्कनमा आधारित मानवीय सहायता पनि प्रदान गर्दछौं ।

 

आवेदन विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्

टेलि: +852 2507 7181   ईमेल: irsd.local@redcross.org.hk  

photo preview
photo preview
photo preview
photo preview
photo preview
photo preview
photo preview
photo preview
photo preview
photo preview